विगत १५ वर्षदेखि हराइरहेका तेमाल २ लाफ्‍सेका सन्चविरको उद्धार, अध्यक्ष चन्द्र लामा आँफै खटिए

दर्पण दैनिक २४ भाद्र २०८०,२०:०६
post

काभ्रे । विगत १५ वर्षदेखि हराइरहेका तेमाल गाउँपालिका २ लाफ्‍सेका ४१ वर्षिय सन्चविर लामालाई फेलापारी उद्दार गरएिको छ । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामाको अगुवाइमा सन्चविर उद्धार गरिएको हो । 

सन्चविर विगत १५ वर्षदेखि पारिवारिक तथा आफन्‍तबाट सम्पर्क विहिनि भएका थिए । काठमाडौंको कालिमाटीका एक व्यापारी जोकनारायण श्रेष्‍ठले सन्चविरको बारेमा जानकारी दिन तेमाल गाउँपालिकालाई सम्पर्क गरेका थिए । 

सो जानकारी लगत्तै अध्यक्ष चन्द्र लामा आफैं खटिएर सन्चविरको उद्धार गरि उनको परिवारसँग सम्पर्क गरेका छन् । उनलाई उपचारको लागि शिर मेमोरियल हस्पिटल बनेपा लगिएको बताइएको छ । 

सन्चविरको  उद्धारकार्यमा तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकर, नेपाल तरुण दलका केन्द्रीय सदस्‍य स्मिता लामा, नेपाल तरुण दल काभ्रे क्षेत्र नं १ प्रदेश सभा (क) का सभापति राम लामा (आरडी)लगायतले सहयोग गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: