रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खालले पुर्दा पाँच जनाको मृत्यु

दर्पण दैनिक १६ मंसिर २०८१,१४:१६
post

रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खा भत्किएर पुर्दा पाँचजना मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका-३ बाहिरी गाममा पर्खाल भत्किएर पुर्दा त्यही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको हो ।

सुनछ्हरी स्थानीय विपद व्यवस्थापन समिति, पोबाङका अनुसार यसरी ज्यान गुमाउनेहरूमा एकैघरका चारजना छन् । 

सुनछहरी-३ बाहिरी गाममा निर्माणाधीन गाजधारा कोइगेङ झोलुङ्गे पुल निर्माणका क्रममा बनाउँदै गरेको पर्खालले उनीहरू सबैलाई किचेको थियो । किचिएकामध्ये चारजनाको शव निकालिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले रोल्पाले जनाएकाे छ ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: