कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका-५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
उनका अनुसार गम्भीर र कलावती श्रीमान्-श्रीमती हुन् । कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन् ।
उनले पहिलो श्रीमानपट्टिबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानपट्टिबाट नागरिकता बनाएको डिएसपी डाँगीले जानकारी दिए ।
०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि ०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको डिएसपी डाँगीले बताए । पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google