एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई रोशी गाउँपालिकाद्धारा जनही ५० हजार नगदसहित सम्मान

दर्पण दैनिक २५ असार २०८०,१५:२३
post

काभ्रे । रोशी गाउँपालिकाले पालिका भित्रबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्ने तीन जनालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले तीनजनालाई प्रोत्साहन स्वरुप नगद ५० हजारका दरले नगदसहित सम्मान गरेका हुन् । 

सम्मानित हुनेहरुमा हरिसिद्धि माबिका १ छात्र ३ दशमलव ७ जीपीए र पोक्रा माबिका २ छात्राहरू ३ दशमलव ५५ जीपीए ल्याउने रहेका छन् । 

कार्यक्रममा गरोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: