काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य तीर्थ लामा यही मंसिर २८ गते काभ्रेकै विकट पालिकाको रूपमा चिनिने खानीखोला जाने भएका छन् । खानीखोला गाउपालिका ६ मा रहेको श्री शारदा माध्यमिक विद्यालयको आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न लामा खानीखोला जान लागेका हुन् ।
सो कार्यक्रममा विद्यार्थीहरुलाई जाडोको लुगा स्वीटर र ब्यागका साथै वडाका जेष्ठ नागरिकहरुलाई ब्याल्केट बितरण गरिने बताइएको छ । साथै खानीखोला गाउपालिका ६ का अन्य आधारभुत तहका विद्यालयहरुलाई समेत ब्याग र स्वीटर बितरण गरिने बताइएककाे छ ।
तीर्थ लामा २०७९ मा सम्पन्न निर्वाचनमा काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन् । निर्वाचित भएपछि लामा पटक पटक खानीखोला पुगिसेका छन ।