कांग्रेस खानीखोलाका सभापति क्षेत्रमान घ्याबाको पहलमा महिला समुहलाई अनुदान रकम प्रदान

दर्पण दैनिक १२ पुष २०८०,२१:२०
post

काभ्रे । खानीखोला गाउँपालिका ७ मा रहेकाे मखमली महिला समुह (ख) का प्रत्येक महिलालाई घरेलु व्यवसायको लागि भन्दै १ लाखका दरले अनुदान रकम प्रदान गरएिको छ । महिला तथा बालवालिकाको लागि विशेष सामाजिक सुरक्षा नाम संस्थाले खानीखोला ७ मा केन्द्रित रहेर काम गर्ने मखमली महिला समुह (ख) लाई अनुदान रकम प्रदान गरेको हो । 

सो अनुदानको लागि प्रमुख भूमिका निभाएका नेपाली कांग्रेस खानीखोला गाउँपालिका ७ का वडा सभापति एवं निर्वातमान वडाध्यक्ष क्षेत्रमान घ्याबाको पहलमा सो कार्य सम्पन्‍न भएको हो ।
 
अनुदान वितरण कार्यक्रममा बोल्दै घ्याबाले आफु हाल सत्ता पक्षमा रहेर प्रत्यक्ष जनताको कार्यमा रहेर काम गर्न नपाएता पनि निरन्‍तर जनसेवामा नै रहेको बताए । उनले भने, ‘मेरो प्राणले भ्याएसम्म यो गाउँ ठाउँमा रहेका सबै नागरिकहरुको कार्यमा लाग्ने छु।’
 
निर्वाचनको बेलामा धेरै नै जनतामा आशा देखाएको र त्यो कार्य पुरा गर्न आफू सँधै लागिरहेको बताए । उनले जनताबाट कदापी टाँढा नहुने र सकेको सेवा गर्ने अठोट ब्यक्त गरे । 

कार्यक्रममा प्रमुख अथिति वडाध्यक्ष रामबहादुर मुक्तान विशेष उपस्थिति रहेकाे थियाे । त्यस्तै, वडा सदस्य सुरेश पुलामीको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै वडा सदस्य पुलामीले भने आफ्नो पहिलो कार्यकाल भएकोले अग्रजहरुसँग अनुभव लिदै जनसेवामा लागिरहेको बताए । भावी दिनमा यसरी नै लाग्ने प्रतिवद्धता जनाए । 

अनुदान प्राप्त गरेका महिलाहरुले अनुदान दिने संस्था र यो कार्यमा ठुलो समन्वय गर्ने जनसेवक क्षेत्रमान घ्याबालाई विशेष धन्यवाद दिए । 
सो अनुदानबाट महिलाहरुलाई आफनो घर परिवार र समान्य व्यापार गर्न र महिलाको जीवनयापनमा थप सहयोग हुने विश्‍वास लिइएको । 

निवर्तमान वडा अध्यक्ष घ्याबाले आफ्नो अनुरोधलाइ स्वीकार गरेर अनुदान रकम उपलब्ध गराइदिने संस्था र संस्थाका अध्यक्ष कुसुम रेग्मीलाई धन्यबाद व्यक्त गरे ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: