बन्ने भयो कर्मनाशा करिडोर, ग्वार्कोमा मेयर श्रेष्ठले गरे  शिलान्यास

सन्तोष दहाल ३१ जेष्ठ २०८०,०७:१८
post

सन्तोष दहाल, ललितपुर । महालक्ष्मी नगरपालिकाको वडा नं. १, २, ३ र ४ वडा भएर बग्ने कर्मनाशा खोला कोरिडोर सडकको शिलान्यास गरिएको छ । 

मङ्गलबार महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठले ग्वार्कोको पुलसँगै कोरिडोरको शिलन्यास गरेका हुन् । कर्मनाशा खोला कोरिडोर सडकका लागि ४ करोड विनियोजन भएकोमा १ करोड ९८ लाख रुपैयाँ ठेक्का लगानी हुने क्षेत्र पर्ने सडकको शिलन्यास गरिएको हो । उक्त कोरिडोरको निर्माणपश्चात् जडिबुटीबाट ग्वार्कोसम्मको यात्रा अझ सहज हुने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा बोल्दै  नगरप्रमुख श्रेष्ठले कर्मनाशा महालक्ष्मी क्षेत्रको लागि अवसर र चुनौती दुवै भएकोले यस क्षेत्रको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । विकास निर्माणका विषयमा ढिलाई हुन नहुने बताउदै प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकामा विकासका लागि कुनै कसर बाँकी नराख्ने श्रेष्ठको भनाई छ ।

कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भुषालसहित नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, स्थानीय संघसंस्था आदिको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: