ललितपुर ५ काे आयोजनामा महिला समुहहरुको क्षमता अभिवृद्धि तालिम

दर्पण दैनिक १५ आश्विन २०८०,१७:२४
post

ललितपुर । ललितपुर महानगरपालिका ५ ले महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । महिला समुहहरुको क्षमता अभिवृद्धि तालिमको लागि धुलिखेलको हिमालय दृश्य रिसोर्टमा तालीम प्रदान गरिएको थियो । ललितपुर महानगरपालिका वडा नं.५ भित्र रहेको विभिन्न महिला समुहहरुले सहभागी जनाएका थिए । 

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला समुहहरुलाई क्षमतावान, समृद्धि र नमुना समूह बनाउनको लागि ललितपुर महानगरपालिका तत्पर रहेको बताइन् । 

ललितपुर महानगरपालिका वडा नं.५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले जुन घरको  महिला  सक्षम  हुन्छ त्यो घरमा भएको परिवार नै शिक्षित हुने बताए । महिला शिक्षित भयो भने घर टोलमा भएका सबै नागरिकहरु शिक्षित हुने हुँदा जहाँ महिला त्यहाँ विकासको पाइला हुने उदेश्यले विभिन्न महिला समुहहरुलाई क्षमता अभिवृद्धि सम्बन्धि तालीम प्रदान गरिएको उनले बताए । वडा नं.५ मा पुरुष भन्दा पनि महिला सक्रिय रुपमा अगाडि रहेको उनले बताए ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सल्लाहकार पुरुषोत्तम ढुङ्गाले आफुले सिकेको कुरा व्यवहारमा उतारियो भनी वडाको गरेको  प्रयास सफल हुने बताए । ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य पुर्नम निरौलाले महिलाहरुको लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु राख्दै जाने प्रतिवदता व्यक्त गरे ।

ललितपुर महानगरपालिका वडा नं.५ का वडा सदस्य शोभादेवी प्रदान श्रेष्ठ र असोककुमार श्रेष्ठले महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि आफ्नो भनाइहरु राखे ।

महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालीममा समूह व्यवस्थापन , महिला नेतृत्व विकास जीवन मुल्य सम्बन्धि लगायत धेरै कुराहरुको बारेमा प्रशिक्षण दिएको थियो । दुई दिने महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालिम लिन पाएकोमा महिला समुहका व्यक्तिहरुले खुशी व्यक्त गरेका छन् ।

दुई दिने महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रममा प्रशिक्षण दिनु हुने विकास देव योञ्जन र हरि गोबिन्द महर्जनलाई वडा अध्यक्ष विकासमान श्रेष्ठले माया चिनो प्रदान गरे । महिला समुहहरुको क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रममा विभिन्न मनोरञ्जन नाचगान गरिएको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: