जसपाको कर्णाली प्रदेश समिति पुनर्गठन

दर्पण दैनिक १२ आश्विन २०८०,०७:०५
post

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु रहेका छन् । समितिको सचिवमा सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय र कृपाराम बस्नेत र कोषाध्यक्षमा रत्ना विक चयन भएका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कर्णाली प्रदेशका इन्चार्ज प्रकाश अधिकारीको प्रमख आतिथ्यतामा सम्पन्न भेलाले सुर्खेत जिल्ला समन्वय समिति रुपान्तरण गरेको छ । जीतबहादुर नेपाली अध्यक्ष रहेको समितिका उपाध्यक्षमा गंगा देवकोटा, सचिव भक्तबहादुर थापा, उपसचिवमा गंगे कामी र गाइने कामी र कोषाध्यक्षमा अमृता विक रहेका छन् ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: