काठमाडाैं । कोशी प्रदेश सभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । आज बसेको कोशी प्रदेश सभाको बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र प्रेमराज थाम्सुहाङ समर्थक रहेका थिए ।
दिउँसो ३ः३५ मा बसेको प्रदेश सभा बैठकमा विष्टको एकल उम्मेदवारी परेपछि उपसभामुख दनुवारले निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google