काठमाडौँ । आम नागरिकले कस्तो सेवा खोजेका छन् ? कसरी नागरिकलाई खुसी र सुखी राख्न सकिन्छ ? जनप्रतिनिधि भएपछि कस्तो काममा बढी समय दिने ? लगायतका प्रश्नको जवाफ खोज्न नसक्दा धेरै जनप्रतिनिधि नागरिकहरूबाट आलोचित हुनुपरेको अवस्था छ ।
तर यी यस्ता दर्जनौँ प्रश्नहरुको जवाफ काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाका जनप्रतिनिधिले खोजीसकेका छन् । अशक्त, असहाय, विरामी तथा पालिकाको केन्द्र वा वडामा धाउन नसक्ने अवस्थाका नागरिकहरुको लागि तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ अभियानै चलाएर धन्यवादको पात्र बनेका छन् । अध्यक्ष तामाङको नेतृत्वमा साउद १० गतेदेखि सामाजिक सुरक्षा भत्ता नविरकण शिविर चलेको थियो । जसबाट ५९१ जना सामाजिक सुरक्षा भत्ता पाउने बुबाआमा, एकल महिला ,अपांगता व्यक्तिहरु लाभाम्बित भएका थिए ।
तेमाल बाहिर वसोवास गर्ने सेवाग्राहीको समस्यालाई मध्यनजर राख्दै काठमाडौँ उपत्यका विभिन्न स्थान र बनेपाबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउने कार्य सम्पन्न भएको थियो ।
उक्त अभियान सफलतापूर्वक सम्पन्न गरी धन्यवादको पात्र बनेका तेमाल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलागायतको टीमले तेमालको वडा वडामा राष्ट्रिय परिचयपत्र सम्बन्धी शिविर सञ्चालन गरेको छ ।
सामाजिक सुरक्षा भत्ता लिन तर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाममा जान आफ्नो शरिर तथा उमेरका कारण भौतिक रूपमा उपस्थित हुन नसक्ने लाभग्रहीहरूको सामाजिक सुरक्षा भात्ता नविकरणको समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र सम्बन्धी शिविर सञ्चालन गरिएको तेमाल का अध्यक्ष चन्द्रबहादुर तामाङले बताए । त्यस्तै, उक्त अभियानबाट पालिकाबासी भरपुर फाइदा उठाएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google