एमाले सुर्खेतको 'मिसन ग्रासरुट अभियान' समिक्षा बैठक सम्पन्न, यी हुन् निर्णयहरु

खगेन्द्र हमाल ३० चैत्र २०७९,०८:२८
post

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको मिसन ग्रासरुट अभियानको समिक्षा बैठक सम्पन्न भएको छ । बैठकले मिसन ग्रासरुट अभियान अन्तर्गत विभिन्न निर्णयहरु गरेको छ। 

बैठकले पार्टी सदस्यता नवीकरण सन्तोषजनक रहेको निष्कर्ष निकालेकाे छ । बैठकले शाखा तथा पालिका कमिटीबाट सिफारिस भइ आएका नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गर्ने र अनुमोदनको लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेकाे छ ।

मिसन ग्रासरुट अभियानको जिल्ला स्तरीय समिक्षा प्रतिबेदन तयार गर्न केन्द्रीय प्रतिनिधि तथा जिल्ला पदाधिकारीलाई अधिकार प्रदान गर्ने र अभियानमा निरन्तर तथा सक्रियताका साथ सहभागी भएकोमा सम्पुर्ण पार्टी पङ्क्ति लाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । नयाँ बर्ष २०८० सालको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्ने लगायतका निर्णय गर्दै यो अभियानको निरन्तरता लागि अर्को नयाँ अभियान संचालन गर्ने संकल्प बैठकले गरेबाे छ ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बसेको समिक्षा बैठकमा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेंल, पार्टी पोलिटब्युरो सदस्य तथा अभियानका केन्द्रीय प्रतिनिधि भैरवसुन्दर श्रेष्ठ, गुलावजंग शाह केन्द्रीय प्रतिनिधि देबिलाल थापा, केन्द्रीय सल्लाहकार परिषद सदस्यहरु, प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: