काभ्रे । तेमाल गाउँपालिका १ मा रहेका किसानलाई मिनी ट्याक्टर लगायतका कृषि औजार वितरण गरिएकाे छ । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले किसानको खेतमै पुगेर कृषि सामाग्री वितरण गरेका हुन् ।
तेमाल तेमाल गाउँपालिका र फुलबारी सहकारी मार्फत संचालित साझेदारिमा आलु पकेट बिकास कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण परियोजना
अन्तरगत किसानहरुलाई हाते ट्याक्टरलगायतका कृषि सामाग्रीहरु वितरण गरिएकाे हाे । साथै बिउ उत्पादन र आलु उत्पादन कार्य निरिक्षण समेत सम्मन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले परियोजनाको लागि पालिकाबाट गरिने सहयोग निरन्तरता हुने बताए । कृषि सडकको अलावा रैथानेबालीको बिउ उत्पादनमा निरन्तर सहयोग बताउदै अध्यक्ष तामाङले कुनै पनि सहयोगमा राजनीतिक भेदभाव नहुने प्रतिबद्धता जनाए ।
चालु आर्थिक वर्ष आ.ब. २०८०/०८१ को कार्यक्रम बाट ५० प्रतिशत साझेदारीमा रू १२ लाखको परियोजना सञ्चालन भइरहेको छ ।
कार्यक्रममा पालिका कृषि शाखा प्रमुख कुलदिप पहाडी, शिक्षा शाखाका भिमलाल तामाङ, सहकारीका शेयर सदस्य तथा किसानहरुको सहभागीता थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google