बागमती प्रदेशमा गठन भयाे कांग्रेस र एमालेको संयन्त्र, यी हुन् सदस्य

दर्पण दैनिक २५ कार्तिक २०८१,२०:५०
post

काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।  संयन्त्रमा दुई दलका तीन–तीन नेता रहनुभएको संयन्त्रका सदस्य एवं एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले जानकारी दिए । 

उनले आज नै संयन्त्र निर्माण गरी बैठक बसेको बताए । इन्चार्ज भट्टराईका अनुसार कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङ र पार्टीका बागमती प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज डा भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र बागमती प्रदेशमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया रहेका छन् । 


बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्न निर्देशन दिएको डा भट्टराईले जानकारी दिए । बैठकले संयन्त्रको बैठकको दुई दलले एक—एक महिना पालैपालो संयोजन गर्ने र मङ्सिर मसान्तसम्मको बैठकको संयोजन कांग्रेसले गर्ने सहमति भएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९