जब ओली गाडीबाट ओर्लेर फुटपाथमा पोलेको मकै खान पुगे

दर्पण दैनिक २६ फाल्गुन २०७९,१७:२६
post

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली एमाले मुख्यालय च्यासलबाट फर्किँदा गर्दा जब भक्तपुरको सूर्य बिनायक २ बालकोट नजिक पुगे त्यहाँ उनी एकाएक गाडीबाट ओर्लिए । गाडीबाट ओर्लिएर उनी स्कुले बालबालिकाहरू भएको नजिक पुगे । 

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो ।’ 

ओलीले एकैछिन बालबालिकाहरूसँग तस्वीर खिचाए । त्यसपछि उनी नजिकै ठेलामा मकै पोलिरहेको स्थानमा पुगे । उनले त्यहाँ ठेलाबाट पोलेको मकै पनि खाए । उनले भनेका छन्,  ‘नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’ 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९