काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमाले सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा पन्तलाई नियुक्त गरिएको हो । पन्तको वरीयता ८ औं नम्बरमा छन् । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाभन्दा वरीयता पछि छन् । आरजु ७ औं नम्बरमा छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीले राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । नवनियुक्त मन्त्री पन्तको बिहीबार अपराह्न ४ बजे पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google