शिक्षकका माग सम्बोधनका लागि मन्त्रिपरिषद्‍ले गरेका निर्णय

दर्पण दैनिक २१ बैशाख २०८२,१३:०८
post

काठमाडौं । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ । १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो ।


हेर्नुहोस् शिक्षकका माग सम्बोधनका लागि मन्त्रिपरिषद्‍ले गरेका निर्णय

१. शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने ।

२. अस्थायी प्रकृतिका राहत, अस्थायी, करार, साविक उच्च मावि, सिकाइ अनुदान र प्राविधिक धारका विशेष शिक्षक र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाको बखत एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय ।

३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा राहत, अस्थायी, करार, साविक उच्च मावि, प्राविधिक धार र विषय शिक्षकका सबै शिक्षकको प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने कानुनी प्रबन्ध गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गर्ने ।नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई पनि सूचिकृत गर्ने ।

७. नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सबै शिक्षक, पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने ।

८. निम्न मावि तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह हुने गरी कायम गर्ने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: