यो गठबन्धन २०८४ को चुनावसम्म रहन्छ :  महत

दर्पण दैनिक १९ भाद्र २०८१,१९:३७
post

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले वर्तमान गठबन्धन २०८४ को चुनावसम्म कायम रहने दावी गरेका छन् । जनकपुरमा नेपाल प्रेस युनियन धनुषाले बुधबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए ।

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको चर्चा गर्दै उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २ वर्ष  र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा १ वर्ष संघीय सरकार रहने सहमति भएको छ । यो सहमतिबाट कांग्रेस पछाडि हटदैन ।’

पार्टीभित्र युवाहरूलाई नेतृत्व दिनुपर्छ भने अवाज उठिरहेको विषयमा संचारकर्मीहरूले राखेको जिज्ञसामा प्रवक्ता महतले भने, ‘यो नियर्थक बहस हो । यसको अहिले औचित्य छैन । पार्टी वा सरकारको नेतृत्व समक्ष व्यक्तिले गर्ने हो । त्यसले उमेरले छेकबार गर्दैन । गिरिजाबाबु ८७ वर्षको उमेरमा पनि पार्टीको नेतृत्व गर्नुभएको थियो । यो कुरा कसैसँग छिपेको छैन । त्यसकरण अहिले उमेरलाई लिएर अनावश्यक कुराको अर्थ हुँदैन ।’

मुलुकमा देखिएको आर्थिक तरलता, आर्थिक मन्दीको समस्या समाधान गर्न राजनीतिकर्मी, कर्मचारी इमानदार हुनुपर्नेमा पूर्वअर्थमन्त्रीसमेत रहेका महतले बताए । तीनै तहको सरकारले अनावश्यक खर्च कटौती गर्नुपर्ने उनले बताए । 
 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९