भूकम्पपछिकाे उद्धार सरकारले राम्रो काम गरे पनि राहत वितरणमा दलीय स्वार्थ हावी भयो : रास्वपा

दर्पण दैनिक २४ कार्तिक २०८०,०६:४८
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्पपछि उद्धार कार्यमा सरकारले राम्रो काम गरेको भए पनि राहत वितरणमा भने कार्यशैली चित्तबुझ्दो नभएको बताएको छ । रास्वपाको आजको बसेको केन्द्रीय समिति बैठकले राहत वितरणमा निर्लज्ज दलीय स्वार्थ हावी भएको भन्दै आपत्ति जनाएको छ । 

राहत वितरणका लागि सरकारले एकद्वार नीति लागू गरेको भए पनि केही स्थानहरूमा राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको चर्चा भइरहेको छ । यही विषयलाई लिएर रास्वपाले आपत्ति जनाएको हो । 

साथै रास्वपाले भूकम्पपछिको पुनःनिर्माणको नेतृत्व आफ्नो पार्टीलाई दिन सरकारसँग अपिल गरेको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै पुनःनिर्माणको जिम्मा दिन प्रस्ताव गरिसकेका छन् । 

यस्तै पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आगामी मंसिर ११ देखि १३ गतेसम्म बस्ने निर्णय गरेको छ । यो बैठकले पार्टीको महाधिवेशनबारे निर्णय लिने पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: