राणा, पञ्‍चायत र राजासँग नडराएको कांग्रेस अहिले डराउछ भनेर नसोच्नु : भीष्मराज आङ्देम्बे

दर्पण दैनिक १२ जेष्ठ २०८१,२०:४०
post

काभ्रे । नेपाल तरुण दल धुलिखेल नगर कार्यसमितिको आयोजनामा नगरकार्यसमिति विस्तार तथा जलपान कार्यक्रम सम्पन्न भएकाे छ । आज आइतबार धुलिखेल नगरपालिकाको हलमा साे कार्यक्रम सम्पन्न भएको हाे । नगरकार्यसमितिले बिभिन्‍न सांस्कृतिक बाजासहित अतिथिहरुलाई स्वागत गरेकाे थियाे । 

कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उद्धाटन गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री आङम्देबेले राणा पञ्‍चायत र राजा सँग नडराएको नेपाली कांग्रेस अहिलेका दलहरुसँग नडराउने बताए । 

आङदम्बेले प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे एमालेको कार्यकर्ता भएर प्रस्तुत भएको आरोप लगाएका छन् । उनले सत्तारुढ दल एमालेका नेता केपी ओलीको आदेश मानेर सभामुखले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको आरोप लगाए । ‘संसद प्रतिपक्षको हो तर सभामुखले एमालेको कार्यकर्ता जस्तै प्रस्तुत भए,’ आङदम्बेले भने, ‘प्रतिपक्षलाई आफ्ना कुरा समेत राख्न नदिएर सभामुखले लोकतान्त्रिक अभ्यास कमजोर बनाएका छन्, कांग्रेसले यसको प्रतिवाद गर्छ ।’

सहकारी ठगि प्रकरण र गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा छानबनि गर्न नचाहेकोले कांग्रेस सडक आन्दोलनमा गएको बताए । कांग्रेसले राजा, राणा कसैको आदेश नमानेको तर्क गर्दै उनले आफ्नै पार्टी नेताका आदेशात्मक निर्देशन समेत नमान्ने भन्दै लोकतान्त्रिक पार्टीको नाममा छाडापन बढेकोमा भने चिन्ता गरे ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नेपाली कांग्रेस हाक्‍ने जिम्‍मा अब तरुण युवाहरुको काँधमा आएको बताए ।  बाग्मती प्रदेशका पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विचार, संस्कार र संगठनसहितको तरुण दल र कांग्रेस अहिलेको आवस्यकता भएको औल्याउदै इमान्दार भएर पार्टीमा लाग्ने जोकोहीलाई पनि जिम्मेवारी दिने बताए । जिल्लामा कांग्रेसलाई पहिलो पार्टीको रुपमा उभ्याउन संगठन निर्माणमा जोड दिन तरुण युवाहरुलाई अनुरोध गरे । उनले १३५ वटै वडा र टोलमा तरुण दलको संगठन लैजान निर्देशन दिए ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनतामा भ्रम छरेर उदायका नयाँ पार्टीले फण्डा, भ्रष्टाचार मात्रै ल्याएको भन्दै देशमा आर्थिक संकट, बेरोजगारी, विदेश पलायन बढ्नुमा नयाँ पार्टीका फण्डा, झुटा आश्वासन पनि कारक रहेको बताए । हाल चर्चामा रहेका विभिन्न काण्ड, भ्रष्टाचारमा आफ्ना नेता पनि संलग्न भएकोले एमालेले छानबिन गर्न रोकेको आरोप लगाए ।


कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकूरप्रसाद न्यौपाने, रमेशप्रसाद हुमागाई, नेता अच्युतप्रसाद पौडेल, कोषाध्यक्ष जगन्नाथ गिरी, वी.पी अध्ययन प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्र नेम्वाङ, कांग्रेस जिल्ला सदस्य रहेका तरुण दल काभ्रेका पूर्व अध्यक्ष राम जोशी, कांग्रेस जिल्ला सदस्य रहेका रहेका धुलिखेल नगर उपप्रमुख निराजन जंगम, प्रदेश सभा २ (क) का सभापति हेम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष, गाउँ पार्टी सभापति रहेका तरुण दल काभ्रेका पूर्व अध्यक्ष जितेन्द्रमान लामा (दावा), नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, नेपाली कांग्रेस धुलिखेलका सभापति विदुरबहादुर बस्नेत, नेपाल तरुण दलका केन्द्रीय सदस्य कमल लामा, स्मिता लामा, जिल्ला अध्यक्ष सुजन लामा, नेपाल दलित संघ काभ्रेका अध्यक्ष उस्पर सुनार, नेपाल तरुण दल प्रदेश सभा १ (क) का सभापति रामध्वज लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सम्पूर्ण थापा, नेपाल तरुण दल धुलिखेलका सभापति छिरिङ लामा लगायतले कांग्रेसको विचार र संगठन निर्माण तरुण दलले भूमिका खेल्नुपर्ने बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: