नेपाली संगीत साधनाका एक निष्ठावान् यात्री भीम चापागाईं

दर्पण दैनिक १७ बैशाख २०८३,२१:२८
post

काठमाडौँ । नेपाली गीतसंगीतको विशाल आकाशमा केही कलाकार यस्ता हुन्छन्, जो केवल स्वरका कारण होइन, निरन्तर साधना, अनुशासन, संघर्ष र संस्कृतिप्रतिको अटल निष्ठाका कारण चिनिन्छन् । भिम चापागाई त्यस्तै एक साधक हुन्, जसका लागि संगीत केवल पेशा होइन जीवन जिउने दर्शन हो । लोक, आधुनिक, शास्त्रीय, भजन, गजल तथा राष्ट्रिय गीतका विविध विधामा समान आत्मीयता र गहिराइका साथ योगदान पुर्‍याउँदै आएका भिम चापागाई नेपाली संगीत क्षेत्रका एक अनुभवी, परिपक्व र समर्पित गायकका रूपमा स्थापित छन् ।

वि.सं. २०३५ साल फागुन ३ गते नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला पर्वतमा भिम चापागाईको जन्म भएको हो । बुवा टेकप्रसाद चापागाई र आमा स्वर्गीय पवित्रादेवी चापागाईका दुई दाजु र एक दिदीपछि जन्मिएका उनी परिवारका कान्छा छोरा हुन् ।
साधारण तर संस्कारयुक्त परिवारिक परिवेशमा हुर्किएका भिम चापागाईले बाल्यकालदेखि नै अनुशासन, संस्कार र परिश्रमको महत्व सिके । विशेष गरी दाजु डिल्लीप्रसाद चापागाईबाट प्राप्त प्रेरणा, संरक्षण र मार्गदर्शनले उनको सांगीतिक यात्रालाई दृढ आधार प्रदान गर्‍यो ।

बाल्यकाल र संगीतसँगको आत्मीय सम्बन्ध

भिम चापागाईको बाल्यकाल सामान्य  थियो । उनी गीत सुन्थे, गुनगुनाउँथे र संगीतसँगै रमाउँथे । विद्यालय जीवनमै उनको स्वर, लय र भावले शिक्षक तथा सहपाठीहरूको ध्यान केन्द्रित गर्न थालिसकेको थियो । विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रम, प्रतियोगिता र उत्सवमा उनी उत्साहका साथ सहभागी हुन्थे र प्रायः उत्कृष्ट स्थान हासिल गर्थे । यिनै सानासाना सफलताले उनको मनमा संगीत नै जीवनको स्थायी बाटो हो भन्ने विश्वास बलियो बनाउँदै लग्यो ।


सपना बोकेर काठमाडौं प्रवेश

एसएलसी परीक्षा सम्पन्न गरेपछि आफ्नो सपनालाई सपना पूरा गर्न भिम चापागाई काठमाडौं प्रवेश गरे । राजधानीको संघर्षपूर्ण जीवन, आर्थिक अभाव र सीमित साधनबीच पनि उनले संगीतप्रतिको साधना कहिल्यै छोडेनन् । गायन र वादन दुवै विधामा रुचि भए तापनि उनले गायनलाई मुख्य साधना बनाएर शास्त्रीय संगीतमा गहिरो अध्ययन सुरु गरे। स्वर शुद्धता, रागरागिनी, ताल, भाव र अनुशासनलाई उनले आत्मसात् गर्दै लागे ।

रेडियो नेपालबाट औपचारिक सांगीतिक यात्रा 

वि.सं. २०५५ सालमा रेडियो नेपालबाट लिइने स्वर परीक्षा (लोकगीत विधा) मा उत्तीर्ण भई भिम चापागाईले नेपाली संगीत क्षेत्रमा औपचारिक प्रवेश गरे । सोही वर्ष “फूल झर्‍यो नि” र “साँची राख्ने होइन जोवन” गीतहरू रेकर्ड भई उनको नाम श्रोतामाझ परिचित हुन थाल्यो ।

लोकगीतबाट सुरु भएको यो यात्रा केवल प्रारम्भ थियो । यससँगै शास्त्रीय गायनको निरन्तर साधनाले उनको स्वरमा परिपक्वता र गहिराइ थप्दै गयो।

शैक्षिक यात्रा र आधुनिक गायन

रत्न राज्य लक्ष्मी क्याम्पसमा संगीत विषय अध्ययन गर्दै भिम चापागाईले शैक्षिक र व्यावसायिक जीवन सँगसँगै अघि बढाए । वि.सं. २०५५ सालमा रेडियो नेपालबाट आधुनिक गायन विधामा स्वर परीक्षा उत्तीर्ण गरेपछि “चखेवा जोडी नाचेछ” गीत रेकर्ड भयो। तुलसी बस्नेतको सशक्त रचना र गणेश गुरुङको मधुर संगीतमा सजिएको यो गीत अत्यन्त लोकप्रिय भई भिम चापागाईलाई आधुनिक गायन क्षेत्रमा मजबुत रूपमा स्थापित गर्‍यो ।

बहुआयामिक सांगीतिक योगदान

भिम चापागाई कुनै एक विधामा सीमित रहेनन् । उनले
लोक तथा दोहोरी, आधुनिक, राष्ट्रिय गीत, भजन, गजल, शास्त्रीय गायन लगायत सबै विधामा समान आत्मीयता र गहिराइका साथ आफ्नो स्वर अर्पण गरे । इन्दिरा संगीत महाविद्यालय, पुल्चोकमा गुरु पण्डित धनबहादुर गोपालीसँगको शास्त्रीय साधनाले उनको गायनलाई कलात्मक अनुशासन र भावनात्मक परिपक्वता प्रदान गर्‍यो ।

लोकदोहोरी र सहकार्य

फुल झर्याेनी, पाल्पा गेटैमा, रायाे चम्सुर, लसुन पोटीले, मिनी बसैमा, लगन जुरायो लगायतका लोकदोहोरी गीतहरू विभिन्न एल्बममार्फत बजारमा आए । प्रायः गीतहरूमा संगीत  उनका दाजु डिल्लीप्रसाद चापागाईको रहेको थियो । त्यतिबेलाका चर्चित गायिकाहरू बिमाकुमारी दुरा, सूर्य गुरुङ, मीना प्रसाईं, लक्ष्मी न्यौपानेसँगको सहकार्यले लोकदोहोरी क्षेत्रमा उनको पहिचान अझ सुदृढ बनायो ।

आधुनिक एल्बम र निरन्तर साधना

बाचा, मुद्दा, तिम्रो यादमा जस्ता आधुनिक गीत एल्बमहरूले भिम चापागाईको भावनात्मक गायन क्षमता उजागर गरे । सफलता र असफलता दुवैलाई समान रूपमा आत्मसात् गर्दै उनले कहिल्यै संगीतको बाटो छोडेनन् । उनका लागि निरन्तरता नै सबैभन्दा ठूलो सफलता हो ।

शिक्षा, पुरस्कार र सम्मान

चापागाईंले इलाहाबाद, भारतको प्राज्ञ संगीत समितिबाट संगीत प्रवीण (एम.म्युज), रत्नराज्यलक्ष्मी क्याम्पसबाट संगीतमा बीए तथा नेपाली विषयमा एमए उपाधि हासिल गर्नुका साथै भारतको दिल्ली र लखनउमा शास्त्रीय गायनको गहिरो अध्ययन गरे । समसामयिक गीत, राष्ट्रिय गीत, भक्ति संगीत, शास्त्रीय गायन, आधुनिक गीत तथा जनचेतनामूलक प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नु उनका उल्लेखनीय उपलब्धिहरू हुन् ।

गुरु, कलाकार र प्रवास

भिम चापागाई गायक मात्र होइनन्, उनी गुरु पनि हुन् । विद्यालय, कलाकेन्द्र, दोहोरी साँझ र गजल मञ्चहरूमा उनले आफ्नो कला प्रस्तुत गर्नुका साथै थुप्रै शिष्यहरू तयार पारे । उनी संगीतकै माध्यमबाट भारत, चीन, बहराइन, दुवई  हुँदै हाल करिब एक दशकदेखि अमेरिका बसोबास गर्दै आएका छन् ।


प्रवासमा पनि अमिट संगीत यात्रा

उनले अमेरिकामा रहँदै पनि “चट्ट बसम देउरालीमा, अरे हो काइली, खेतैभरी आलु, पर्वते कान्छो, मायाको हाँसो” लगायतका गीतहरू आफ्नै भिम चापागाईं अफिसिएल  युट्युब च्यानलमार्फत सार्वजनिक भएका छन् । 

प्रदेशमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उनी निरन्तर सक्रिय छन् ।

भिम चापागाईका लागि संगीत केवल मनोरञ्जन होइन, पीडाको औषधि हो, खुसीको उत्सव हो, आत्माको भाषा हो । “संगीत दुःख, सुख, खुसी, हाँसो र रोदनको साँचो हो।
संगीत नै जीवन हो।”

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: