यस्ताे छ पूजा शर्माको एक्सन मुभी ‘दान्भी’ को ट्रेलर

दर्पण दैनिक १७ जेष्ठ २०८१,१६:४७
post

काठमाडौँ । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ।

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले सुटिङको भिडियो हेर्दा अहिले पनि हात काँप्ने बताइन् । उनले बाइक चलाएर मात्रै एक्सन हुन्छ भन्नेजस्ता शीर्षकमा समाचार सम्प्रेषण भइरहेकोप्रति आपत्ति जनाउँदै उनले चलचित्र हेरिसकेपछि मन लागेको शीर्षक राख्न तर एउटा मात्रै क्लिप हेरेर शीर्षक नराखिदिन आग्रह गरिन् ।

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । चलचित्र आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

हेर्नुहोस् ट्रेलर : https://youtu.be/kDC_BCamIN4?si=qlE5iW0-PoMzNxpd

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: