काठमाडौँ । लोकप्रिय सांगीतिक रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आगामी ४ माघदेखि हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे र भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउने सोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए ।
यसपटक पनि विगतका सिजनहरू जस्तै विभिन्न राउन्ड कायमै रहेको निर्देशक पौड्यालले बताए । साथै यसपटक केही कोच परिवर्तन भएका छन् ।
यसपटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रूपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि यो सजिनमा आबद्ध छन् । ब्लाइन्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्ने निर्देशक पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google