‘गाजलु’ मा वर्षा र रोशनकाे राेमान्स (भिडियाे)

दर्पण दैनिक ६ फाल्गुन २०७९,१९:२७
post

काठमाडौं । गायक केदार बरुवाल क्षेत्री र गायिका रचना रिमालको स्वर रहेको गीत ‘गाजलु’ सार्वजनिक भएको छ । गायक केदारकै शब्द तथा सङ्गीत गीतमा छ ।

गीतको भिडियोमा वर्षा राउत र रोशन केसीको अभिनय छ । एक रोमान्टिक जोडीको सफल प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन् । 

भिडियोमा बन्दे पाण्डेको छायाङ्कन र मनप्रसाद महर्जनको सम्पादन छ । गायक बरुवाका यस अगाडि जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, मन छोडी लगायत गीत बजारमा आएका थिए ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: