चन्द्रकुमार बिश्वकर्मा, काठमाडौं । विगत लामो समयदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील गायक तथा सर्ज टंक डुम्रेले जलजल राष्ट्रिय फिल्म एन्ड म्युजिक अवार्ड पाएका छन् । लोक तथा दोहोरी गीत ‘चर्को लाग्यो घामं’ बाट गायक टंक डुम्रेले सर्बोत्कृष्ट गीतकारको अर्वाड पाएका हुन् ।
जलजला राष्ट्रिय फिल्म म्युजिक अवार्ड डि सिनेमा आर्ट प्राइभेट लिमिटेडलेले आयोजना गरेको एक कार्यक्रमकाबीच पूर्व सभामुख ओनसरी घर्तीमगरले उक्त अर्वाड प्रदान गरेकी हुन् ।
प्रथम जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८० मा चर्को लाग्यो घाम गीतबाट सर्बोत्कृष्ट गीतकार विधामा अवार्ड पाएका डुम्रेले मेरो मिहेनत र दर्शक श्रोताको मायाले यो सम्मान पाएको बताए । दर्पण दैनिकसँग कुरा गर्दै उनले भने, ‘यो खुसी मलाई सांगीतिक क्षेत्रमा निरन्तर योगदान गरिरहन लाई र योगदान गरेवापत पाइएको हो । आम दर्शकश्रोताले मूल्यांकन गरि अत्याधिक भोट गरेसँगै आयोजक संस्थाले पनि विश्वास गरेर यो अर्वाड मैले पाएको हुँ जस्तो लाग्छ ।’
उनले आफूसँग लामो समयदेखि सहयात्रा सहकार्य गर्दै आएका गायक यज्ञ सापकोटालाई पनि धन्यवाद दिए । उनले भने, ‘यज्ञ सापकोटा, लक्ष्मी जी र हामी सबैको मिहेनत र दर्शक श्रोताको मायाले यो सम्मान पाइएको हो । देश विदेशमा बस्ने सबैलाई यो खुसी साटन चाहन्छु ।’
स्याङजामा जन्मिएका गायक तथा सर्जक टंक डुम्रे पछिल्लो समय चर्चामा छन् । उनले समसामयीक विषयबस्तुमा आफ्ना सृजनालाई पस्किने भएकै कारण उनी चर्चामा छन् । टंक ड्रम्रे र यज्ञ सापकोटा मिलेर बजारमा ल्याएका गीत चर्चामा आइनै रहेका छन् ।
डुम्रे र सापकोटाको ‘चर्को लाग्यो घाम’ गीतले टिकटकमा रेर्कड नै कायम गरेको थियाे । यस्तो पछिल्लो समय नेपाललगायत विश्वले खेप्नु परेको समस्याको उठान गर्दै टंक डुम्रेले नयाँ गीत ‘आर्थिक मन्दी’ सार्वजनिक गरेका थिए ।