काठमाडौं । बाजुरा जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने गीत सार्वजनिक भएको छ । बाजुराका कुन्नाखोला अर्थात साबिकका कोल्टी, पाण्डुसैन र कोटिला क्षेत्रको पर्यटन, संस्कृति र पहिचान प्रबर्द्धनमा टेवा पुर्याउने लोक देउडा गीत ‘मेरा बाजुरा’ सार्वजनिक गरिएको हो ।
सुदूर साहित्य प्रतिष्ठान बाजुराको प्रस्तुतीको रुपमा रहेको सो गीत खप्तड डिजिटल म्युजिक प्रालिमार्फत सार्वजनिक गरिएको छ । हर्क कठायत र पुर्णकला विसीको स्वमा रहेको सो गीतमा शब्द राजेन्द्र शाह ‘विपी’ को रहेको छ । संगीत हर्क कठायत रमा रोकाया रोशनीको रहेको छ, भने म्युजिक एरेन्ज विनोद बाजुरालीले गरेका छन् ।
भिम थापाले निर्देशन गरेको भिडियोमा निशान्त रोकाया र मिना रोकायाको अभिनय रहेको छ । गीतको भिडियोमा बाजुराका विभिन्न सुन्दर ठाँउका दृश्यहरु कैद गरिएका छन् ।
यो गीत मातृभुमिप्रति सर्मपित रहेको सर्जक राजेन्द्र शाह ‘विपी’ले बताए ।