माघ २१ गते टीका पुन साङ्गीतिक साँझ हुँदै

दर्पण दैनिक १७ माघ २०७९,१५:०८
post

काठमाडौं । टीका पुन साङ्गीतिक साँझ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गते सांगीतिक साँझ कार्यक्रम हुने जानकारी गराएको हो ।  

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने छ । 

टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास व्यक्त गरे । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: