मेरी बास्सैमा देखिँदै टिकटक स्टार ‘मिस पबी’

दर्पण दैनिक २० माघ २०७९,०९:१३
post

काठमाडौं ।  टिकटकमा ‘मिस पबी’ नामले चर्चित पवित्रा शाखी अहिले टिकटकबाट चर्चित हुँदै म्युजिक भिडियोमा व्यस्त देखिन थालेकी छिन् । साथै विभिन्न विज्ञापनमा पनि देखिन थालेकी छिन् । डडेल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी मिस पबी डडेल्धुरी भाषामा बोलेका भिडियोले भाइरल भएकी हुन् । 

यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’मा देखिने भएकी छिन् । त्यसका लागि उनले दुइटा एपिसोड सकाइसकेकी छिन् । मेरी बास्सैमा निरन्तर र नदेखिने भन्ने कुरामा भने उनले आफूमा निर्भर हुने बताइन् । म्युजिक भिडियो र अन्य सिरिजमा पनि समय दिनुपर्ने भएकाले त्यसमा समय दिन सकेको खण्डमा मात्रै सिरियलमा नियमिता हुने नभए नहुने उनले जनाइन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: