काठमाडौँ । भजन गायक मनिषरञ्जन बरालले नयाँ भजन सार्वजनिक गरेका छन् । गायक बरालले ‘रमाउँदै कृष्णजी’ बोलको भजन सार्वजनिक गरेका हुन् ।
भजनमा शब्द भेषराज भट्टराईको रहेको छ, भने ध्वनि मिश्रण तथा संगित गायक स्वयंको रहेको छ । भजनलाई मनिष रञ्जन बराल युट्युव च्यनल मार्फत सार्वजनिक गरिएको छ ।
सांगितिक क्षेत्रमा लामो समय बिताईसकेका बराल सानै उमेरदेखि भजन गायनमा सक्रिय छन् । दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको केही समय अगाडि सार्वजनिक भएको ‘कहाँ होला बैकुण्ठ भन्ने ठाउँ’ लाई दर्शकले रुचाएका थिए । उनको पहिलो भजन ‘कृष्णजीको नामै प्यारो’ हो जसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google