काठमाडौं । अमेरिकाको लस–भेगासमा सम्पन्न विवाहित महिलाबीचको भएको ‘मिसेस वल्र्ड २०२३’ मा नेपालकी पृथ्वीया थापाले पेजेन्टको सह–विधा ‘मानवीय’ मा उत्कृष्टता हासिल गर्न सफल भएकी छन् । यससँगै नेपालले सेमिफाइनल यात्रा तय गरेको छ । उनले उपाधिले आफूमा आत्मविश्वास बढेको बताइन् । उनले भनिन्, ‘देशको लागि यो उपाधि दिलाउन सक्नुलाई मैले सफलताको रुपमा लिएको छु । यो मेरो लागि मात्र नभएर नेपालकै लागि जित भएको मैले ठानेकी छु ।’ उनी आगामी साता नेपाल फर्कदै छन् ।
मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरुले ठूलो सफलताको रुपमा लिएको सुनाए । उनले भने, ‘मिसेस वल्र्डमा हामीले प्रतिनिधित्व गराएको यो दोस्रो अवसर हो । यो अवसरमा उक्त विधा जित्नु हाम्रो लागि गर्वको कुरा हो ।’ जर्मनीकी जुलिया क्योरोलिनले प्रतियोगिताको शीर्ष हात पार्न सफल भएकी छन् । चिकित्सकसमेत रहेकी क्यारोलिनले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा काम गर्दै आएकी छन् । उक्त प्रतियोगितामा ५७ मुलुकका विवाहित सुन्दरी महिला सहभागी रहेका थिए ।