धनगढी । हेमराज जोशीको देउडा भाकाको गीत ‘नौलो बजार भाट भटेनी’ सार्वजनिक गरिएको छ । हेमराज जोशी र गौरी भट्टको स्वर रहेको सो गीत ‘जय संगीत म्युजिक’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा लय तथा शब्द हेमराज जोशीको रहेको छ ।
गीतको म्युजिक भिडियोमा हेमराज जोशी र झरना बोहराको अभिनय रहेको छ । गीतको भिडियो धनगढी स्थित भाटभटेनी सुपरमार्केटमा छायांकन गरिएको हो । केही समय अगाडी भाट भटेनी सुपरमार्केटको नयाँ शाखा धनगढीमा खुलेको थियो ।