काठमाडाैं । गायक राजु लामा र आशिष महरको स्वरमा ‘साली’बोलको गीत सार्वजनिक भएको छ । यो देउडा गीतको शब्द र संगीत संकलन आशिषकै हो । गीतको भिडियोमा गायकसँगै मोडल पवित्रा साँकी (मिस पबी) र मुना खड्का प्रस्तुत छन् ।
मिस पबी टिकटकबाट उदाएकी मोडल हुन् । सोनम पाख्रिनको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा विशाल थापाको छायांकन, विजेश पौडेलको सम्पादन छ । राजु लामाको अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google