काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २३औं वार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुङ, पूर्व अध्यक्ष दुर्गा रायमाझी, पूर्व अध्यक्ष चन्द्र शर्मा, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्षलगायतका कलाकार र समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै, कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, संयोजक प्रशासनिक उपाध्यक्ष दिपक खड्का, महासचिव शिव हमाल, कोषाध्यक्ष अमृत अधिकारीलगायत पदाधिकारीकाे उपस्थिति थियाे ।
कार्यक्रममा शिवू गिरी, बलबिर थापा, चन्द्रमणि गौतम, खेम सेञ्चुरी र शन्तिश्री परियारलाई सम्मान गरिएकाे थियाे । त्यस्तै, उत्कृष्ट जिल्ला प्रदेश, सृजनात्मक जिल्ला प्रदेश, उर्जाशिल जिल्ला प्रदेश, अनुशासित जिल्ला प्रदेश, उत्कृष्ट जिल्ला तथा प्रदेश अध्यक्ष, बर्ष सदस्य पुरुष, महिला गरि विभन्न कलाकारलाई सम्मान गरिएकाे थियाे ।
संस्थाको आन्तरिक विकास, समाजिक उत्तरदायित्व, विधि-विधान, ऐन नियम, परम्परा, संस्कार र भविष्यका सम्बन्धमा समेत महत्त्वपूर्ण छलफलले प्रतिष्ठान थप प्रज्वलित बाटोमा लम्किरहेको प्रतिष्ठानकी अध्यक्ष रिता थापाले बताइन् ।