भारतीय चर्चित अभिनेत्री मुनमुन दत्त ‘बबिता जी’ काठमाडौंमा

दर्पण दैनिक ७ असार २०८०,०७:३१
post

काठमाडौं । भारतीय फिल्म तथा टेलिभिजनकी चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट उनी चर्चित छिन् ।

यो सिरिजमा उनी बबिता जी पात्रको भूमिकामा छिन् । नेपालमा समेत चर्चित यो सिरिजमा उनले लामो समयदेखि अभिनय गरिरहेकी छन् । उनले पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर सेयर गरिरहेकी छन् ।

भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट फिल्ममा अभिनय थालेकी थिइन् । होलिडे उनको अर्को चर्चित फिल्म हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: