काठमाडौं । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन् । अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लोपटक ‘हो हो नि माया हो’ ल्याएकी थिइन् ।
रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छिन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्साङ बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ ।
सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन । एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छिन् ।