काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर’ को पाँचौं शृंखला ल्याउने जनाएकी छन् । उनले ‘ए मेरो हजुर ५’ को छायांकन आउँदो भदौदेखि सुरु हुने जनाएकी छन् ।
उनले भनेकी छन्, ‘अहिले हामी स्क्रिप्टमा काम गरिरहेका छौं । आउने भदौदेखि छायांकन सुरु हुन्छ ।’ उनका अनुसार यो चलचित्रको प्रदर्शन २०८२ सालको नयाँ वर्षमा हुनेछ ।
उनले कलाकारबारे तत्कालै निधो भइनसकेको जनाएकी छन् । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाबारे नसोचिएको उनले बताएकी छन् ।
उनले अहिले हामी स्क्रिप्टमै केन्द्रित भएको बताउँदै एउटा फ्रेस कन्टेन्ट लिएर आउने तयारीमा रहेको सुनाइन् । यो चलचित्रलाई उनी स्वयंले निर्देशन गर्नेछिन् ।
‘ए मेरो हजुर’ २२ वर्षअघि प्रदर्शनमा आएको थियो । उक्त चलचित्रको शृंखलाको रुपमा अहिले पाँचौं सिक्वेल बन्न लागेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google