काठमाडौं । अभिनेत्री रेखा थापा निर्मित तथा अभिनीत चलचित्र ‘उपहार’ को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रमा समावेश ‘मुटुको ४ आना’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा अभिनेत्रीत्रय रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी, विनोदकुमार पौड्याललगायतका कलाकारलाई देख्न सकिन्छ । गायिका समीक्षा अधिकारी र गायक महेन्द्र विकको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा अभिनेता मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायत कलाकारको समेत अभिनय छ ।
अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । रेखा फिल्म्स र कपनगढी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भिएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो चलचित्र फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google