अस्पत्तालकाे शय्यामा छटपटाइरहेकी श्रीमतीकाे उपचारमा गर्न गायक अर्जुन कौशलले गरे सहयोगको अपिल

दर्पण दैनिक ३१ जेष्ठ २०८०,०५:५८
post

काठमाडौं । गायक तथा सर्जक अर्जुन कौशलकी श्रीमती रिता कौशलको दुवै मिर्गौला फेल भएर ग्रस्त भएकी छन् । आफैँमा गायिका एवं गीतकार रहेकी रिता यतिबेला दुवै मिर्गौलाले काम गर्न छाडेपछि विस्तरामा लडिरहेकी छन् ।

तर, उपचारमा आर्थिक संकट भएपछि देश तथा विदेशमा रहेका आम नेपाली शुभचिन्तकहरुसँग मिर्गौला पीडित रिताका श्रीमान् गायक अर्जुनले सहयोगका लागि आग्रह गरेका छन् । आफ्नो सम्पतीको अवस्था पनि कमजोर भएको र केही भएको सम्पती सकिएकाले जिवन संगीनीलाई बचाइदिन उनले आम नेपाली शुभचिन्तकहरुसँग आर्थिक सहयोगको लागि अपिल गरे ।

हाल काठमाडौंस्थित वील अस्पतालमा औषधि चलिरहेको जानकारी दिँदै गायक कौशलले चिकित्सकको सल्लाह अनुसार मिर्गौला छिट्टै ट्रान्सप्लान्ट गर्नुपर्ने बताए । दुवै मिर्गौला दिन आफन्त तयार भएको सुनाउँदै उनले मिर्गौला ट्रान्सप्लान्टको लागि झण्डै १८–२० लाख रुपैयाँ सुरुमै जुटाउनुपर्ने चिकित्सकले सल्लाह दिएको बताए ।


तर, केही व्यक्ति र संघ–संस्थाबाट आएको सहयोगमार्फत करिब साढे दुई लाख रुपैयाँ जम्मा भएको जानकारी दिँदै उनले अझै १८ लाख जुटाउनुपर्नेमा आफू आर्थिक संकटमा परेकाले विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुसँग हारगुहार गर्नुपर्ने अवस्था आएको दुखेसो पोखे ।

वीर अस्पतालमै मिर्गौला ट्रान्सप्लान्ट नहुने भएकाले अन्य कुन अस्पतालमा लैजाने भन्नेबारे पनि सोचेको गायक कौशलले बताए । यस्तो छोटो समयमै आफू जटिल अवस्थामा पुगेकाले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

सहयोगका लागि काठमाडौंस्थित पुतलीसडकमा रहेको रिता कुमारी लोहगुन कौशल (RITA KUMARI LOHAGUN KAUSHAL) को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ११३०१०००५५९२७०१० र इ सेवा मोबाइल प्यको नम्बर ९८४१७९१२२ तथा सम्पर्क मोबाइल नम्बर ९८४१२८८२८१ रहेको उनले बताए ।

उनले भनेका छन्, ‘सम्पूर्ण देश विदेशका संघसंस्था, व्यावसायीहरु, समाजसेवी कलाकार तथा व्यक्ति विषेशमा नमस्कार, म गायक अर्जुन कौशल, हालै मेरो श्रीमती रिता कौशलको दुवै मिर्गौला फेल भएको छ, वीर अस्पतालका चिकित्सकको रिपोर्ट अनुसार छिटोभन्दा छिटो असारमै मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ, चिकित्सकको सल्लाहले छोटो समयमै हजुरहरुको आशिर्वाद, माया र साथ सहयोगको अत्यन्तै खाँचो छ, हजुर रहेको र हजुरहरुले चिनेको देश विदेशका संघसंस्था वा व्यक्तिहरुसँग सल्लाह, सुझावसँगै आर्थिक पनि जोडिएको हुँदा बिमारीलाई कसरी निको पार्न सकिन्छ भन्ने चिन्तामा छु, यतिबेला मलाई हजुरहरुको महत्वपूर्ण भूमिकाले सहयोग गरिदिन अनुरोध गर्दछु ।’

गायक कौशलका थुप्रै गीतहरु चर्चित छन् । हिउँचुलीमा घाम लाग्यो घमाइलो, कालीपारे दाई हो हो, रिडिको मैलैमा भेटभाको बेलैमा, नथिया वालीले जस्ता दर्जनौँ गीतहरुमा गायक कौशलले शब्द रचना र संगीत भर्नुका साथै आवाज दिएका छन् ।

उनकै धेरै गीत गाउने गायक रामचन्द्र काफ्लेले पनि मिर्गौला पीडित गायिका रिता कौशलको उपचारमा सहयोगकाे लागि सबैसँग आग्रह गरेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: