काठमाडौं । नेपाली कला संस्कृतिको संरक्षण गर्दै विश्व बजारमा पुर्याउने उद्देश्यले ‘चौथो प्रियसी धमाका २०२३’ दुबईमा आयोजना हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजना रहेको कार्यक्रम बर दुबईस्थित याक एन्ड यति एभरेस्टमा यही असोज १४ गते (अक्टोवर १)मा आयोजना हुनेछ । कार्यक्रममा नेपालमा दर्जन बढी कलाकर्मीको प्रस्तुति रहनेछ ।
कार्यक्रममा नेपालबाट गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्यकलाकार तथा मोडेल सागर लम्साल ‘बले’, बाल कलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिकथाली नृत्याङ्गना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतको सहभागिता रहने भने प्रवासबाट पनि गायक बाबुराम परियार, कमल परियार, प्रकाश पुरी, नीर तामाङ लगायतको सहभागिता हुनेछन् ।
प्रियसी म्युजिक प्रालिले यसअघि थाइल्यान्ड, सिंगापुर र मलेशियामा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । दुबई कार्यक्रम प्रियसी म्युजिकलाई आयोजनामा पूर्णिमा घिसिंगले सघाएकी छन् ।
दुबई कार्यक्रमको तयारी सकिएको प्रियसी म्युजिक प्रालि सञ्चालक तथा गीतकार राजेन्द्र पुरीले बताए । कार्यक्रममा नेपाल चिनाउने र नेपाली कला संस्कृति झल्कने प्रस्तुति रहने उनको भनाई रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google