काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म जवानको ट्रेलर सार्वजनिक गरिएको छ ।
फिल्म प्रदर्शनको एक साताअघि शाहरुखले विहीबार दुबईबाट सार्वजनिक गरेको ट्रेलर एक्सनले भरिपूर्ण रहेको छ ।
फिल्ममा एक्सन अवतारमा देखिएका शाहरुख प्रहरी र भिलेनको भूमिकामा रहेको बुझ्न सकिन्छ ।
त्यस्तै प्रहरीको भूमिकामा साउथ अभिनेत्री नयनतारा प्रस्तुत छन् । दीपिका पादुकोण अतिथि भूमिकामा रहेको फिल्ममा सान्या मल्होत्रा, प्रियामणि, अश्लेशा ठाकुरलगायतको अभिनय रहेको छ । सेप्टेम्बर ७ देखि हिन्दीसहित तमिल र तेलुगू भाषामा पनि फिल्म रिलिज हुँदैछ ।
शाहरुख स्वयंको प्रोडक्सन कम्पनी रेड चिल्लीले निर्माण गरेको फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एट्ली कुमारले गरेका हुन् ।