काठमाडाैं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रुमानीः रङ्ग’ मा अनुबन्धित भएकी छन् । निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो ।
यस फिल्ममा साम्राज्ञीसहित अभिनेता आर्यन अधिकारी मुख्य भूमिकामा देखिनेछन् । फिल्म ‘नांगो गाउँ’ पछि नयाँ फिल्म साइन नगरेकी साम्राज्ञी यस फिल्ममार्फत दर्शकमाझ आउनेछिन् ।
लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको छायाङ्कन अष्ट्रेलियामा हुने बताइएको छ । महेश पौडेलले खिच्ने फिल्मलाई अनील योञ्जनले निर्देशन गर्नेछन्। निर्देशक योञ्जनले यसअघि फिल्म 'डायरी' बनाएका थिए ।
नेपाली फिल्मक्षेत्रकी चर्चित अभिनेत्री भएपनि गतवर्ष साम्राज्ञीले खेलेका फिल्महरु असफल भएका थिए। जसकारण उनले केही समय लगाएर नयाँ फिल्म साइन गरेकी हुन्।