काठमाडौं । एकपछि अर्को श्रोता रुचिको गीतसंगीतसार्वजनिकगर्दै आईरहेका गायकएवं संगीतकार योगेशकाजी शाह र शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजीशाहको संगीत संयोजन रहेको छ । सुरुमा गायन क्षेत्रबाट नै संगीतमा प्रवेश गरेका योगेशकाजीले अहिलेसम्म चार दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका छन्, भने दर्जनौं गीतमा संगीत, एरेन्ज र शब्द रचनासमेत गरिसकेका छन् ।
अहिलेका चल्तिका कलाकार प्रकाश सपुत र सनिसा भट्टराईको मुख्य भूमिका रहेको भिडियो बुध्द थापाले खिचेका हुनभने सुनिल विकको निर्देशन रहेको छ ।