आफ्नो कम्पनी र आफूविरुद्ध शोषण भएकाे कमेडी च्याम्पियनका निर्माता भण्डारीकाे गुनासाे

दर्पण दैनिक ५ श्रावण २०८२,११:५७
post

काठमाडाैँ । चर्चित हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्माता विशाल भण्डारीले आफ्नो कम्पनी र आफूविरुद्ध गम्भीर आर्थिक र मानसिक शोषण भएकाे बताएका छन् । उनले जनाएअनुसार करिब १८-१९ महिनाअघि आफूलाई एनआरएन बताउने एक व्यक्ति कम्पनीमा ३.५ करोड रुपैयाँ लगानी गर्ने र ३० प्रतिशत सेयर लिने भन्दै प्रवेश गरे । मौखिक र लिखित समझदारीमा सिजन ३ सञ्चालनका लागि तत्काल १.५ करोड लगानी गर्ने र बाँकी मुनाफाबाट थप रकम पुर्‍याउने भनिएको थियो । कानुनी रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी ती लगानीकर्तालाई सञ्चालकसमेत बनाइयो । कम्पनीको आर्थिक कारोबारमा हस्ताक्षर गर्ने अधिकार भने विशाल भण्डारी एकल रुपमा रहने प्रावधान तय गरिएको थियो ।

तर, सिजन ३ सकिएलगत्तै ती लगानीकर्ताले सम्झौताविपरीत ‘पैसा कहिले फिर्ता हुन्छ’ भनेर दबाब दिन थालेकाे भण्डारीकाे भनाइ छ ।

ती व्यक्तिले कम्पनीका चेकहरूमार्फत बैंकिङ कसुरको मुद्दा हालेकाे र अदालतमा मुद्दा दायर गरी २ करोड ४० लाख रुपैयाँ असुलेको भण्डारीको दाबी छ । सबै कारोबार बैंकमार्फत भएको प्रमाण आफ्नै पक्षमा भएपनि ती लगानीकर्ताले जबर्जस्ती रकम असुलेर पनि कुनै मिलापत्र नगरेको र उल्टै कम्पनीको सञ्चालनमा निरन्तर अवरोध गरिरहेको आरोप उनले लगाएका छन् ।

भण्डारीका अनुसार, ती व्यक्तिको पहुँच र सम्बन्धको दुरुपयोग गर्दै उनले कार्यक्रम रोकिनेगरी कानुनी प्रक्रिया चलाइरहेका छन् । कहिले अदालतमा मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न पहल गर्ने र कहिले कार्यक्रममै रोक लगाउने प्रयास भएको उनले उल्लेख गरेका छन् । यसले कम्पनीलाई मात्र होइन, कार्यक्रमसँग जोडिएका कलाकार, प्राविधिक र अन्य कर्मचारीहरूलाई समेत गम्भीर असर परेको भण्डारीले बताएका  छन् ।


यस्ताे छ, निर्माता भण्डारीकाे स्टाटस्:

 

एक घोर अन्याय बिरुध्द हिम्मत गरेर आज म लेख्दैछु । 

मेरो कंम्पनी Three Production Pvt. Ltd. ले उत्पादन गरि प्रशारण हुदैआइरहेको  Show COMEDY CHAMPION र Comedy Night With Champion को बारेमा यहाहरु भलिभाँति जानकार नै हुनुहुन्छ । 

लाखौ करोडौ दर्शकहरुको अपार माया,स्नेह र साथले सामजिक सन्जाल प्रयोगकर्ता र टेलिभिजनका दर्शकहरु माझ सर्वाधिक रुचाइमा पर्न सफल हाम्रो यो Show  बर्षकै हिट कार्यक्रमको रुपमा स्थापित हुदै अहिले पाॅचौ कार्यक्रम चलिरहेको छ । 

१८/१९ महिना जति अघि आफुलाई NRN दावी गर्ने एक ब्यक्ति ३.५ करोड लगानी गरेर ३०% Share किन्ने भन्दै कम्पनीमा प्रवेस गरे , हामी बिच भएको करारमा २४ महिना लगानी ननिकाल्ने भनि प्रष्ट लेखिएको पनि छ । Comedy Champion Season 3 चलाउन आवश्यक परेको १.५ करोड् तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड् पुर्याउने मौखिक भद्र सहमति पछि कम्पनीको कागज पत्र उनकै वकिलले सेयर कित्ता बाडफाड गरेर कम्पनी रजिस्टारको कार्यालयमा अध्यावधिक गराए ( उनि र म कंपनीको संचालक र बाकी २ शेयर धनिलाई साधारण सदस्य रही कम्पनिको तर्फबाट गरिने  आर्थिक कारोबारका चेकहरुमा मेरो एकल दस्तखत हुने प्रावधान बनाएर) । अनुमानित मुनाफा जोडेर म संग ५०लाखको २ वटा २५ लाखको १ वटा अनि ३० लाखको ३ वटा गरेर २ करोड १५ लाखको Security चेक पनि लिए । 

Comedy champion सिजन ३ सकिना साथ म संग पैसा कहिले आउछ म निस्किन्छु भन्ने बहाना बनाएर संम्झौता विपरित मलाई पैसाको लागी यातना(Torture) दिन सुरु गर्न थालियो । 

राज्य प्रशासनमा भएको ढोंगी पहुचको दुरुपयोग गर्दै आफै संचालक रहेको कंपनीको चेक लगेर बैकिंङ कसुरमा मेरा बिरूद्ध मुद्दा दायर गरेर मलाई दिनु दुख दिए र दवावमा राखेर २ करोड ४० लाख असुले । 

हरेक बैकिगं कारोवार BANK to BANK भएकोले म संग सबै कारोवारको प्रमाण छ । तर बडि गएको पैसा फिर्ता नगर्ने र जसरि पनि उनको चिनजान संबन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कंपनीको बाकी शेयर धनिले बिभिन्न  मुद्दा हालेर हिसाब मागेको र २.४ करोड अपचलनको लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ  र उच्च अदालत पाटनमा चलिरहेको छ ।उनले चेक बाफत दाबि गरेको रकम लगेरपनि मिलापत्र गर्न नआएपछि मैले उनका बिरुध्द दिएको अपराधिक लाभको मुद्दा परिसर काठमाण्डौमै छ । उस्ले हालेको बैकिंङ कसुरको मुद्दा पैसा लिईसकेर पनी मिलापत्र गर्न उ नआयर जिल्ला अदालत पुगेको छ । 

जति गरेपनी उस्ले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछि मैले बांकी शेयर धनिलाई सहमत गराएर उस्ले लगेको २.४ करोड मध्ये बडि गएको ९० लाखको नेपाल सरकारको कंपनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भयो । 

तर अझैपनी मिलापत्र गर्न नआउने, हामिलाई अलमल्लायर राख्ने, पैसा पनी लग्ने ,मिलापत्र पनी नगर्ने ,कंपनी नछोड्ने र कानुनको कमजोरिको फाईदा उठाउदै मुद्दाको पेसि पटक-पटक सार्न लागाइ दुख दिएर हैरान बनाउने, काम गर्न नदिने , कार्यक्रम रोक्न मुद्दा हाल्ने कहिले कंपनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर  कम्पनिको कार्यसम्पादनमा निरन्तर रुकावट ब्यवधान गर्ने उस्को यस निकृष्ट एबं घृणित व्यवहारका बिरुद्ध भण्डाफोरको उदघोष नगरी थप सहेर बस्न नसकेको कारणले यो Status मार्फत न्यायप्रेमी जनता (दर्शक/ श्रोता) माझ उसको देखावटी सुकिलो अनुहार भित्र लुकेको सैतानि चेहरा उजागर गर्न बाध्य भएको छु । 

यस अघि बिजेतालाई महिनादिन नबित्दै  गाडि उपहार दिने ईतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को बिजेता कलाकार भाईलाई घोषित पुरस्कार दिन सकिएको छैन ।कतिमय विभागको वेतन पनी वाकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दापनी नसकिने अवस्थामा उस्ले पुर्यायर छोडेको छ । २ लाख बाट संघर्ष गरेर सुरु भएर बनेको कंपनीको खाताबाट २.४ करोड अचानक जादा समस्या आउनेनै भयो । 

यो क्रममा मैले यो विषयको जानकारि सम्माननिय प्रधान मन्त्री के पि शर्मा ओली ज्यु #kpoli #Hellosarkar ज्युको सचिवालयमा गराएर मद्दत पनि  मागे । तर त्यो कुरा सचिवालय भन्दा माथि पुग्यो पुगेन थाहा भएन । देश बनाउछु भन्नेलाई मेरो मुद्दा सानो लागेको पनी हुन सक्छ । 

तर उन्ले दिएको Torture को मन्दबिष (Slow poison ) को असरले हाम्रो दैनिकि निकै समय देखि अस्तब्यस्त बनिनै रहेको छ , संघर्षबाट बिचलित भइ हरेस खाएर आत्तिने स्वभावको कोइ अरु मेरो स्थानमा हुन्थ्यो भने कुनै अप्रिय घट्ना घटि सक्थ्यो Torture त्यस्तो थियो त्यो बेलाको । हुनत उस्ले गलत प्रभाव र भ्रममा पारेकोले हुन सक्छ सम्बन्धित निकायका(प्रहरि परिसरका ठुलै दर्जाका प्रहरी लगायतले ) अधिकारी हरुले पनि थोरै पनि वास्तविकता निहाल्न आवस्यकनै ठानेनन् उल्टै मलाई गरेको त्यो बेलाको तुक्ष संबोधन आजपनि स्मरणहुदा अपृय लाग्छ , मरेतुल्य भएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिन ।प्रहरि मेरो साथीको एक कक्षा ति ठुला अधिकारिलाई फेरी पनी गर्नु देखे ।

तर मैले बुझेको छु संघर्षको यश मैदानमा मैले खुट्टा कमाउन मिल्दैन,सुहाउदैन किनकी यो कुरा म एक जनाको हैन म संग काम गर्ने सबै कलाकार र प्राविधिक गरेर १००/११० कर्मचारिको दैनिकी र करियरको सवाल हो । 

आज उनि मलाई र मैले दुखका साथ स्थापना गरेको कम्पनीलाई बर्बाद पार्न लागेको आभाष हुदैछ । १०० जनाको रोजगारि ,दैनिकी र भविष्यको प्रश्न छ । 

यसलाई सरकार कानुन र न्यायालयले प्राथमिकताका साथ हेर्न आवश्यक छ । 

म एक जना त २ भाई र बुवा आमा भएको देश NEW ZEALAND जांउला उतै बसौला तर कंपनीको वाकी १०९ जना कता जाने ? 
के यो देशमा इमान्दारीता साथ कला सृजना श्रम र पौरख बेचेर गरीखान नपाइने हो?  

स्वरोजगारको संभावना देख्ने कर्मबीर हरु लेखेटिनु नै पर्ने हो? छलढाट, बेइमानि, बाट अरुको पसीनाको कमाइ चुसेर समाजसेवि वा प्रवासी नेपालीको आवरणमा दुनियालाइ भ्रमित पार्दै भलादमि रुप धारण गर्ने सुकिला हरुको लागि मात्रै राज्य संयत्र हो र?

के देश संबन्ध बनायर शक्ति राख्न र दुरुपयोग गर्न जान्ने मात्रको हो ? 

कि ठुला होटलको Top floor मा बसेर Whisky खायर गफ दिनेको मात्र हो ? 

हामी जस्तो लोकल चिया पसलमा चिया खाने र आफ्नो काम संग मोह राख्ने देशमै केहि गर्न तम्सेको मान्छेको कस्ले सुन्ने ? 

मलाई कतिको पैशा दिन समय लाग्यो होला तर दियन र खायो भन्ने एकै जना पनि छैनन् 

ईमानदारी राख्दै कर्म गर्ने म र हामी जस्ता कता जाने ? 

अब त अतिनै भयो- सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय र काम गर्ने वातावरण चाहियो ।हामी यहि देशमै बसेर दर्शक हसाईराख्न चाहन्छौ ।

Note - उन्को तस्विर र नाम नहाल्नुको कारण उन्को कारण उन्का परिवार वाल वच्चा लज्जित हुन नपरोस् भनेर हो ।दोषी उ मात्रै हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: