काठमाडौं । यहि चैत्र ४ गते हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको चुनावको लागि प्यानल नै घोषणा गरेर कलाकारहरु चुनावमा होमिएका छन् । अध्यक्ष पदका उम्मेदवार मोहन निरौला र रेजिना उप्रेतीले प्यानल घोषणा गरेका छन् ।
यसैक्रममा सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । सह–कोषाध्यक्ष पदमा एकल उम्मेदवारी परेपछि मोहन निरौला प्यानलमा रहेकी पवित्रा आचार्य निर्विरोध भएकी हुन् । यसअघि सह कोषाध्यक्षमा उम्मेदवारी दिने बताइरहेकम रोहित रूम्बाले उम्मेदवारी दिएनन् ।
आफू निर्विरोध भएपछि आचार्यले सबैलार्य धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्, ‘म सह–कोषाध्यक्ष पदमा निर्विरोध विजयी हुन सफल भएको छु । यो त्यागको लागि महान हृदय भएको मेरो प्यारो साथी रोहित रूम्बालाई हृदय देखि आभार । उसले आत्मिय भाव र असल साथीको उदाहरण दिंदै आफ्नो उम्मेद्वारी फिर्ता लियो र मलाईलाई विजयी बनाउदै उ महाविजयी भयो ।’
उनले दलेखेकी छन्, ‘हजारौ दुश्मन भएपनि तिमी जस्तो साथीको साथ भए जस्तो सुकै युद्दमा पनि विजय हाशिल गर्न सकिन्छ भन्ने महशुस गरायौ साथी र मलाई साथ, सहयोग, माया, हौशला दिनु हुने आदरणीय दाईहरू मधु श्रेष्ठ, रबिन्द्र खड्का, राजकुमार राई, मोहन निरौला, उत्तम केसीलाई बिशेष धन्यवाद ।’