काठमाडौं । भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन् । उनलाई २ दिनअघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले दुबईबाट १२ करोड रुपैयाँ बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो ।
डीआरआईका अधिकारीहरूले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । उनले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए । उनलाई हिजो विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गिरफ्तारी पछि, डीआरआई अधिकारीहरूले उनको निवासमा खानतलासी गरेका थिए । रान्या बारम्बार अन्तर्राष्ट्रिय यात्राका कारण निगरानीमा थिइन्, हालैका महिनाहरूमा दुबईमा उनको कुनै व्यावसाय नभए पनि एक महिनामा दश भन्दा बढी पटक यात्रा गरेको अधिकारीहरुले जनाएका छन् । खाडीमा उनको धेरै छोटो अवधिको भ्रमण देखेर अघिकारीहरुले शंका गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google