राहुल गान्धीलाई दुई वर्षको जेल सजायकाे फैसला

दर्पण दैनिक ९ चैत्र २०७९,१४:१६
post

काठमाडाैं । भारतका विपक्षी नेता राहुल गान्धीलाई आपराधिक मानहानिको मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले यस्तो फैसाला गरेको हो । तर, उनी जेल भने जाने छैनन् । किनभने जेल सजाय सुनाइएपछि नै उनलाई जमानतमा छाड्न पनि आदेश दिइएको छ ।

सन् २०१९ मा नै उनलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गरेका थिए । 

उनले कसरी सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए । अदालतको फैसलालाई उल्ट्याउन ३० दिनभित्र उनले उच्च अदालतमा अपिल गर्न सक्छन् । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: