काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीले बलिउड अभिनेत्री कंगना रनौतलाई आगामी लोकसभा चुनावको उम्मेदवार बनाएको छ । आइतबार बेलुका पार्टीले थप १११ उम्मेदवारको सूची सार्वजनिक गरेको हो । रा
कंगनालाई आफ्नो गृहनगर हिमाञ्चल प्रदेशस्थित मन्डी निर्वाचन क्षेत्रबाट टिकट दिइएको छ । ३७ वर्षीया अभिनेत्री लामो समयदेखि बीजेपी समर्थक रहँदै आएकी छिन् ।
उनले बीजेपीलाई आफ्नो प्रिय पार्टीको रुपमा उल्लेख गर्दै आफ्ना लागि यो सम्मानको कुरा भएको बताएकी छन् । पार्टीले टिकट दिने घोषणा गरेलगत्तै एक्समा उनी लेख्छिन्, ‘म हाम्रो उच्च नेतृत्वको निर्देशन पालना गर्दै चुनाव लड्नेछु ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google