इमरान खानलाई रिहा गर्न सर्वाेच्च अदालतकाे आदेश

दर्पण दैनिक २८ बैशाख २०८०,१९:५१
post

बीबीसी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । सर्वाेच्च अदालतले गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो । 

बीबीसी हिन्दीका अनुसार सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद हाई कोर्टमा जान भनेको छ र उसले जे निर्णय गर्छ त्याे स्वीकार गर्नुपर्नेछ ।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई गत मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो । उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको तर्क गरेका थिए ।


इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: