जम्मुकश्मीर हमलामा मारिने बुटवलका सुदीप भएको पुष्टि

दर्पण दैनिक १० बैशाख २०८२,१२:०९
post

काठमाडौँ । भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान खुलेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार भएको उक्त हमलामा रूपन्देहीको बुटवल– ११ कालिकानगरका सुदीप न्यौपाने मारिएको पुष्टि भएको जानकारी दिइन् ।

बन्दुकधारीको समूहले बाटोमा हिँडिरहेका न्यौपानेलाई एक्कासि गोली हानेको थियो । घटनामा न्यौपानेकी आम रिमा घाइते भएकी थिइन् ।

राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्– ‘कश्मीरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक बुटवल– ११, कालिकानगर रूपन्देहीका  सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै सो आतङ्ककारी हमलामा परेर घाइते हुनुभएकी उहाँकी आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

न्यौपाने आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित कश्मीर घुम्न गएका थिए । मन्त्री राणाले घटना बारे थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको जनाएकी छिन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: