पाकिस्तानमा बाढीपहिरोमा परी ६७ जनाको मृत्यु

दर्पण दैनिक २३ असार २०८०,१९:५५
post

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् । 

देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ ।

लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण शहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको बताएका छन् ।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो । 

वर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए । 

लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताएका छन् ।

देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

मुसलधारे वर्षाका कारण ४४ घरमा क्षति पुगेको छ भने १४ पशुचौपाया मरेका छन् । - एजेन्सी 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: